भेनेजुएलाको राजधानी कराकासमा स्थानीय समयअनुसार बुधबार बेलुका लगातार दुई शक्तिशाली भूकम्प गएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार सुरुमा ७.२ म्याग्निच्युड र त्यसको केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको भूकम्प गएका हुन्।
बीबीसीका अनुसार भूकम्पका कारण १० हजारभन्दा बढीको मृत्यु भएको सम्भावना ४४ प्रतिशत छ।
यद्यपि भेनेजुएला सरकारले अहिलेसम्म मृत्युको कुनै आधिकारिक संख्या जारी गरिसकेको छैन।
दुवै भूकम्प राजधानी कराकासबाट लगभग २९० किलोमिटर पश्चिममा गएका हुन्।
कराकाससहित धेरै सहरमा भवन भत्किएका छन्।
भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रिय आपत्काल घोषणा गरेकी छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार कराकास विमानस्थलको छतको एक भाग भत्किएको छ।
यो १२६ वर्षयताकै ठुलो भूकम्प हो। यसअघि सन् १९०० मा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो।
बुधबार बेलुका भेनेजुएलामा भूकम्पपछिका केही दृश्य










Shares

प्रतिक्रिया