ad ad

राजनीति


सुदूरपश्चिमका ५ केन्द्रीय सदस्य र ६ सांसदले छोडे एमाले

सुदूरपश्चिमका ५ केन्द्रीय सदस्य र ६ सांसदले छोडे एमाले

गोकुल जोशी
भदौ १२, २०७८ शनिबार १४:४१, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेको फुटपछि नेता/कार्यकर्ता तितरबितर हुने क्रम जारी छ।

एमालेबाट अलग भएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि नेताहरुले कित्ता क्लियर गरिरहेका छन्। 

फुटको प्रभाव 

विभाजनपछि अधिकांश नेताहरु एमालेमा रहँदा केही एकीकृत समाजवादीमा खुलेका छन्। सुदूरपश्चिम प्रदेशका ५ केन्द्रीय सदस्य र ६ सांसदले एमाले छोडेका छन्। ती मध्ये दुई केन्द्रीय सदस्य सांसद समेत छन्।

सुदूरपश्चिम प्रदेशबाट एमालेमा २३ जना केन्द्रीय सदस्य थिए। जसमा गरिमा शाह (कैलाली), रामकुमार ज्ञवाली (कञ्चनपुर), निरादेवी जैरु (डडेल्धुरा), विक्रम शाही (डडेल्धुरा) र प्रेम बहादुर आले (डोटी) एकीकृत समाजवादीमा खुलेका छन्। जैरु डडेलधुराकी समानुपातिक सांसद हुन् भने आले डोटीबाट प्रत्यक्षतर्फका सांसद हुन्। 

तीमध्ये डोटीका प्रेम आले ओलीनिकट थिए। अन्य चारजना नेपाल समूहकै हुन्। यस्तै नेपाल समूहका केन्द्रीय सदस्य भीम रावल, झपट रावल र प्रकाश शाह एमालेमै छन्।

लेखराज भट्ट, कर्ण थापा, महेश्वर पाठक, राजेन्द्र रावल, दीपक देवकोटा, नारदमुनि राना, लालबहादुर विक, लीला भण्डारी, गौरी ओली, पुरनसिंह दयाल, गणेश सिंह ठगुन्ना, लालबहादुर थापा, निरु पाल र भैरव सिंह पनि एमालेमै छन्। 
यीमध्ये अधिकांश केन्द्रीय सदस्य सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ओलीले चयन गरेका थिए।

सांसद

सुदूरपश्चिमबाट प्रत्यक्षतर्फ एमालेका ११ जना सांसद छन्। तीमध्ये ८ जना ओलीनिकट थिए भने ३ जना माधव समूहका थिए। 

ओली समूहका डोटीका सांसद प्रेम आले अहिले एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा भएका छन्। 

ओलीनिकट कैलालीका नारदमुनि राना, कञ्चनपुरका नरबहादुर धामी, बैतडीका दामोदर भण्डारी, बाजुराका लालबहादुर थापा, बझाङका भैरव सिंह, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी तथा भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्ट एमालेमै छन्।

एमालेतर्फबाट समानुपातिकमा प्रदेशका ५ जना सांसद छन्। तीमध्ये कञ्चनपुरकी बिना बुढाथोकी, डडेलधुराकी निरादेवी जैरु र कैलालीकी लक्ष्मी चौधरी नेकपा एकीकृत समाजवादीमा लागे। कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक एमालेमा छन्।

चारजना राष्ट्रिय सभा सदस्यमध्ये दुई नेकपा एकीकृत समाजवादीमा लागेका छन्। शेरबहादुर कुँवर र शारदा भट्ट एकीकृत समाजवादीमा लागेका छन् भने कञ्चनपुरका इन्दु कडरिया विष्ट, डडेल्धुराका चक्र स्नेही एमालेमै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .