ad ad

समाज


काबुलमा विस्फोट गराउने समूह भारतसम्म आइपुग्ने आशंका!

काबुलमा विस्फोट गराउने समूह भारतसम्म आइपुग्ने आशंका!

नेपालखबर
भदौ १२, २०७८ शनिबार ७:४०, काठमाडौँ

एक सय ७० जनाको ज्यान जानेगरी अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलअगाडि बिहीबार गराइएको बम विस्फोटको जिम्मेवारी आतंकवादी संगठन आईएसआईएस-के (खुरासान ग्रुप) ले लिइसकेको छ। 

घटनापछि भारतीय गुप्तचर एजेन्सी पनि सतर्क भएको समाचार सार्वजनिक भएको छ। त्यो आतंककारी संगठन दक्षिण एसिया र यसपछि भारतसम्म पनि आइपुग्ने आशंका गरिएको हो।

आईएसआईएस खुरासान कट्टर इस्लामी शासन लाद्न चाहन्छ। भारतीय गुप्तचर अधिकारीको आशंकाअनुसार यो समूह जिहादी विचार विस्तार गर्न चाहन्छ। यस क्रममा यो मध्य एसिया र पछि भारतसम्म आइपुग्ने कोसिसमा छ।

यसको योजना युवालाई आफ्नो संगठनमा आबद्ध गराउने र आतंककारी हमला गराउने रहेको भारतीय गुप्तचर अधिकारीको दाबी छ।

भारतीय गुप्तचर एजेन्सी यसकारण सतर्क भएको हो- केरल, मुम्बईका केही युवा पहिलेदेखि नै आईएसआईएसमा संलग्न छन्।

एक अधिकारीका भनाइमा यदि त्यस समूहले षड्यन्त्र रच्यो भने भारतमा केही कट्टरवादी वा आतंककारी संगठनले फेरि टाउको उठाउनेछन्। खुरासान ग्रुपले युवालाई आफ्नो संगठनमा आबद्ध गराउने प्रयास गर्न सक्छ।

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि आतंककारी संगठनहरूलाई नयाँ ऊर्जा प्राप्त भएको छ। 

यो पनि :

काबुल विस्फोटमा मृत्यु भएकाको संख्या १७० पुग्यो, २ जना बेलायती पनि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .