ad ad

समाज


काबुल विस्फोटमा मृत्यु भएकाको संख्या १७० पुग्यो, २ जना बेलायती पनि

काबुल विस्फोटमा मृत्यु भएकाको संख्या १७० पुग्यो, २ जना बेलायती पनि

बिहीबार बाहिर विस्फोटका बेला काबुलस्थित हामिल कारजाई विमानस्थल।


नेपालखबर
भदौ १२, २०७८ शनिबार ७:९, काठमाडौँ

अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ। 

फ्रक्स न्युजका अनुसार हमलामा १३ जना अमेरिकी सैनिक, २ जना बेलायती नागरिकसहित १७० जनाको मृत्यु भएको हो। घटनामा १ हजार २७६ जना घाइते भएका छन्। 

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्ता छाड्न भीड लागिरहेको काबुलको विमानस्थलबाहिर बिहीबार साँझ ६ बजेतिर विस्फोट गराइएको हो।

मिडिया रिपोर्टअनुसार विस्फोटमा मारिएका १५५ अफगान नागरिकमा २८ जना तालिबान संगठनका पनि छन्। विस्फोटको जिम्मेवारी आईएसआईएसको खुरासान ग्रुपले लिइसकेको छ। 

यो पनि : ​काबुल विमानस्थलमा बम हान्ने ‘आईएसआईएस-के’ कस्तो समूह हो? यसको उद्देश्य के हो?

बम विस्फोटपछि रोकिएको उडान शुक्रबार दिउँसो १२ बजेबाट पुनः सुरु भएको छ। फेरि विमानस्थलमा अफगानिस्तान छाड्नेको भीड उसैगरी लाग्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

यही अगस्ट १५ तारिखका दिन तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँका स्थानीय एवं विदेशी मुलुकले धमाधम अफगानिस्तान छाडिरहेका हुन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .