ad ad

समाज


काबुल विमानस्थलमा बम हान्ने ‘आईएसआईएस-के’ कस्तो समूह हो? यसको उद्देश्य के हो?

काबुल विमानस्थलमा बम हान्ने  ‘आईएसआईएस-के’ कस्तो समूह हो? यसको उद्देश्य के हो?

नेपालखबर
भदौ ११, २०७८ शुक्रबार १५:२२, काठमाडौँ

‘आईएसआईएस–के’ अर्थात् विस्तृत रूपमा ‘इस्लामिक स्टेट खुरासान प्रभिन्स’ आईएसकेपी) जो आफूलाई ‘इस्लामिक स्टेट’ भन्छ, अतिवादी संगठनको क्षेत्रीय सहयोगी हो। जुन अफगानिस्तान र पाकिस्तानमा सक्रिय छ। 

अफगानिस्तानका जिहादी अतिवादी संगठनहरूमध्ये यो सबैभन्दा खतरनाक र हिंस्रक मानिन्छ। 

इराक र सिरियामा ‘इस्लामिक स्टेट’ चरम सीमामा पुगेका बेला सन् २०१५ जनवरीमा यसको स्थापना भएको हो। यो अमेरिकी नेतृत्वको गठबन्धन सेनाले ‘इस्लामिक स्टेट’को स्वघोषित खिलाफतलाई हराउन नसकेका बेलाको कुरा हो। 

यो संगठनले अफगान र पाकिस्तानी दुवै जिहादी भर्ती गर्छ। विशेषगरी अफगान तालिबान समूह छाडेर आउनेहरू आफ्नो संगठन अब उति कट्टर नरहेको मान्छन्। 

कति कट्टर छ, यो अतिवादी संगठन? 
हालैका वर्षमा भएका केही अत्यन्तै घातक हमलामा इस्लामिक स्टेटको खुरासान शाखालाई जिम्मेवार ठानिएको छ। 

जसले महिला विद्यालय, अस्पताल र यहाँसम्म कि अस्पतालका प्रसूति कक्षसम्मलाई निसाना बनाइरहेको छ। 

प्रसूति कक्षमा हमला गरी यसका यसका लडाकुले गर्भवती तथा नर्सलाई गोली हानेका थिए। 

‘आईएसआईएस–के’ तालिबानजस्तो होइन, जसले आफ्नो सीमा अफगािनस्तासम्म मात्र सीमित गरेको होस्। यो संगठन ‘इस्लामिक स्टेट’को वैश्विक नेटवर्ककै एक हिस्सा हो।

जसको उद्देश्य पश्चिमी, अन्तर्राष्ट्रिय र मानवतावादी आधारलाई निसाना बनाउनु हो, चाहे ती संसारका जुनसुकै कुनामा होउन्। 

यो कहाँ सक्रिय छ?
अफगानिस्तानको पूर्वी प्रान्त नन्गरहारमा ‘आईएसआईएस–के’ को एउटा आधार छ। 

एक समय थियो, जतिबेला इस्लामिक स्टेटसँग झन्डै ३ हजार लडाकु थिए। तर तालिबान, अफगान सुरक्षा बल र अमेरिकी नेतृत्वमा रहेको गठबन्धन सेनासँगका मुठभेडमा यसले ठूलो क्षति बेहोर्नुपर्यो। 

तालिबानसँग यसको कुनै सम्बन्ध छ?
सतही रूपमा भन्ने हो भने त छ। यो सम्बन्ध तेस्रो पक्षका माध्यमबाट भएको छ र त्यसको ना हो– हक्कानी नेटवर्क। 

अनुसन्धानकर्ताका भनाइमा ‘आईएसआईएस–के’ र हक्कानी नेटवर्कबीच  बलियो सम्बन्ध छ। यही आधारमा उनीहरू तालिबानसँग घनिष्ठ सम्बन्ध बनाउँछन्। 

तालिबानले काबुलको सुरक्षाको जिम्मेवारी जुन व्यक्तिलाई दिएको छ, उनी हुन्– खलिल हक्कानी। 

अमेरिकाले उनको टाउकाको मूल्य ५० लाख डलर राखेको छ। 

एसिया प्यासिफिक फाउन्डेसनका डाक्टर सज्जन गोहेल अफगानिस्तानका अतिवादी संगठनबारे वर्षाैंदेखि ध्यान दिइरहेका व्यक्ति हुन्।

उनी भन्छन्, ‘सन् २०१९ देखि २०२१ का बीच धेरैवटा ठूला हमलामा आईएसआईए–के, हक्कानी नेटवर्क र पाकिस्तानमा सक्रिय अन्य अतिवादी संगठनको साझेदारी भूमिका छ।’ 

जब तालिबानले यही अगस्ट १५ तारिख काबुल आफ्नो नियन्त्रणमा लियो तब पुल–ए–चरकी जेलबाट ठूलो संख्यामा केदीहरूलार्य रिहा गरियो। रिहा हुनेमा इस्लामिक स्टेट र

अलकायदाका अतिवादी थिए। यिनीहरू ठूलो संख्यामा छन्। 

तर तालिबानसँग ‘आईएसआईएस–के’ को गम्भीर मतभेद छ। ईएसआईएस–के को आरोप छ– तालिबानले जिहाद र मैदान–ए–जङको मार्ग छाडेर कतारको राजधानी दोहामा महँगो र विलासी होटल वार्ताका लागि छनोट गरे।  

इस्लामिक स्टेटका अतिवादी आगामी तालिबान सरकारका लागि प्रमुख सुरक्षा चुनौती हुन्। 

तालिबानको नेतृत्व र पश्चिमी गुप्तचर एजेन्सी सम्भवतः यस कुरामा एकमत छन्। बीबीसी​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .