समाज


२ हजार ३९८ संक्रमित थपिए, २ हजार ७८ निको भए

२ हजार ३९८ संक्रमित थपिए, २ हजार ७८ निको भए

नेपालखबर
असार २९, २०७८ मंगलबार १६:५१,

गएको २४ घण्टामा नेपालमा २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

११  हजार १२ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएका हुन्। 

यो अवधिका ३ हजार ७८ जना निको भएका छन्। 

यस्तै, आज १२ जनाको कोरोनाका कारण ज्यान गएको छ। यो सहित नेपालमा ज्यान गुमाउनेको संख्या ९ हजार ४१२ पुगेको छ। 

आज काठमाडौं उपत्यकामा काठमाडौं ४१०, ललितपुर ९७ र भक्तपुरमा ८० जना गरी ५८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हिजो देशभर १ हजार १३३ जना संक्रमणमुक्त भएका थिए भने २ हजार ३७० संक्रमित थपिएका थिए। १८ जनाको मृत्यु भएको थियो ।

यस्तै, काठमाडौं उपत्यकामा ४३३ जनामा संक्रमण देखिएको थियो जसमा काठमाडौं २८९, ललितपुर ९० र भक्तपुर ५४ जना रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad