समाज


सर्लाहीको लखनदेही खोलाछेउ प्रहरी र विप्लवका कार्यकर्ताबीच मुठभेड, जिल्ला इन्चार्ज मारिए

सर्लाहीको लखनदेही खोलाछेउ प्रहरी र विप्लवका कार्यकर्ताबीच मुठभेड, जिल्ला इन्चार्ज मारिए

नेपालखबर
असार ५, २०७६ बिहिबार ९:४३,

सर्लाहीमा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ।

सर्लाहीको लखनदेही खोला किनारमा गस्तीमा रहेको प्रहरी र मोटरसाइकलमा रहेका विप्लवका कार्यकर्ताबीच बिहीबार दिउँसो मुठभेड भएको हो।

प्रहरीले चेकजाँज गर्ने क्रममा आफूहरुमाथि आक्रमण गरेपछि जवाफी फायर खोलेको बताएको छ।

प्रहरीको गोली लागेर नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको घटनास्थलमै मृत्यु भएको हो।

पौडेलका साथबाट एकथान सिक्सर रिभल्वर र कटुवा पेस्तोल बरामद भएको प्रदेश २ प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले बताए। मृतक पौडेल सर्लाहीको बाग्मती नगरपालिका वडा नम्बर २ धरहराका स्थायी बासिन्दा हुन्।

प्रहरीले दुई वटा मोटरसाइकलमा विप्लवका तीन कार्यकर्ता आएको र अन्य दुई जना भने भागेको जनाएको छ। फरार रहेका दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ,

अहिले जिल्ला प्रहरी कार्यालयबाट एसपी गोपालचन्द्र भट्टरार्ईको नेतृत्वको टोली घटनास्थलमा पुगेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad