समाज


काठमाडौँको गोकर्णमा बस दुर्घटना, एकको मृत्यु, १० घाइते

काठमाडौँको गोकर्णमा बस दुर्घटना, एकको मृत्यु, १० घाइते

नेपालखबर
असार ५, २०७६ बिहिबार ९:२६,

काठमाडौँको गोकर्णमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते बनेका छन्।

बिहीबार दिउँसो सुन्दरीजलबाट काठमाडौं आउँदै बा १ ख ८७४४ नम्बरको बस गोकर्णको रमझमचोकमा सडकबाट तल झर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनमा परेर बसका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको अहिलेसम्म सनाखत हुन सकेको छैन।

त्यस्तै दुर्घटनाका घाइतेलाई उपचारका लागि विभिन्न अस्पताल लगिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बसका चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad