राजनीति


वामदेव गौतम अब एमाले एकता अभियानमा, ओलीको निर्णय उल्ट्याउन आह्वान

वामदेव गौतम अब एमाले एकता अभियानमा, ओलीको निर्णय उल्ट्याउन आह्वान

नेपालखबर
चैत १, २०७७ आइतबार ०:१७,

‘नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियान’ का संयोजक वामदेव गौतमले सर्वाेच्च अदालतले आफूहरूको नेकपा खारेज गरेसँगै अब एमाले एकता अभियान सुरु गर्ने भएका छन्।

शनिबार अभियानको आकस्मिक बैठक राख्दै गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफूखुसी गरेको निर्णयविरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेका हुन्।

ओलीले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक राखी पार्टीको विधानविपरीत जथाभावी पद र जिम्मेवारी खोस्ने तथा केन्द्रीय सदस्य थप्ने गरेको उल्लेख गर्दै गौतमले एकता अभियानको बैठकको निर्णय सार्वजनिक गरेका छन्।

केपी ओलीले शुक्रबार गरेको घोषणाले उनको नेतृत्व क्षमताको धज्जी उडाएको मात्र नभई उनमा विकास हुँदै गएको व्यक्तिवाद, अहंमतावाद, स्वच्छन्दतावाद, पुरोहितवादजस्ता प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई नै समाप्त पार्ने दिशामा धकेलिरहेको अभियानका सचिव बाबुराम थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘अतः नेपाल कम्युनिस्ट पार्टी एमालेलाई एक ढिक्का गलत निर्णयलाई सच्याएर नवौं महाधिवेशनबाट पारित विधान र राजनीतिक प्रतिवेदनका आधारमा पार्टी पंक्तिलाई सञ्चालन गर्न जोडदार अपिल गर्दर्छौंं।’

हेर्नुहोस्, विज्ञप्ति :

gautambi11

याे पनि :  

वामदेव गौतमले भने : ओलीसँग मिल्ने सबै सम्भावना समाप्त भयो

यसरी सग्लो रहन्छ एमाले

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad