जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बताएका छन्।
सत्तामा जान एमाले, माओवादी र कांग्रेसले जसपाको साथ खोजिरहेको अवस्थामा नेता भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बरु आफैं देशको नेतृत्व गर्ने बताएका हुन्।
उनले जान्नै पर्ने कुरा भन्दै जसपाका तीन विशेषता औँल्याएका छन्। ट्वीटरमा उनले लेखेका छन्, ‘जसपाबारे जान्नैपर्ने कुरा : १. यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैन, बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो! २. गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसँग सम्झौता गर्दैन। ३. यो कसैको पुच्छर हैन, आफैँ देशको नेतृत्व गर्ने शक्ति हो।’

प्रतिक्रिया