राजनीति


ब्युँतिएका एमाले र माओवादी केन्द्रलाई आज पत्र पठाउँदै निर्वाचन आयोग

ब्युँतिएका एमाले र माओवादी केन्द्रलाई आज पत्र पठाउँदै निर्वाचन आयोग

नेपालखबर
फागुन २५, २०७७ मंगलबार ४:३,

सर्वाेच्च अदालतको फैसलाअनुसार ब्युँतिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई छलफलका लागि निर्वाचन आयोगले आज (मंगलबार) सूचना गर्ने भएको छ।

आयोग स्रोतका अनुसार दुई दललाई पुरानै अवस्थामा कायम रहने कि पुनः एकीकरण गरेर नयाँ नाममा दर्ता हुने भन्ने विषयमा छलफल गर्न बोलाइने भएको हो।

त्यसका लागि एमाले र माओवादी केन्द्र दुवै दललाई आज पत्राचार गरिने आयोगले जनाएको छ। 

ऋषि कट्टेलले निर्वाचन आयोगमा पहिले दर्ता आफ्नो नेकपाले वैधानिकता पाउनुपर्ने दाबी गर्दै २ वर्षअघि हालेको मुद्दामा सर्वाेच्च अदालतले आइतबार उनकै पक्षमा फैसला गर्दै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको कानुनी मान्यता खारेज गरेको हो।

साथै एकीकरण हुनुअघिकै एमाले र माओवादी केन्द्र नै दलका रूपमा कायम रहेको फैसला गरेपछि नेकपा भंग गर्दै सोमबारै यी दुई दल अलग्गिइसकेका छन्।

निर्वाचन आयोगका अनुसार अदालतको फैसला कार्यान्वयनका लागि अब यी दुई दल कि पुरानै रूपमा फर्किनुपर्छ कि पुनः एकीकरण गर्ने भए नयाँ नाम राखेर दल दर्ता गरिनुपर्छ। अब नेकपा नाम भने राख्न पाइने छैन। किनभने यसको स्वामित्व ऋषि कट्टेलको पार्टीले पाइसकेको छ।

याे पनि : अन्तिम बन्यो नेकपाको बैठक, एमाले र माओवादी केन्द्र भए अलग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad