राजनीति


माधव नेपाल र झलनाथ खनाललाई संकेत गर्दै सूर्य थापाले भने -‘अपराधी’

माधव नेपाल र झलनाथ खनाललाई संकेत गर्दै सूर्य थापाले भने -‘अपराधी’

नेपालखबर
फागुन २५, २०७७ मंगलबार ३:४२,

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एमालेका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायतलाई ‘अपराधी’ भन्दै आलोचना गरेका छन्।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको भन्दै उनले पार्टीका वरिष्ठ नेताहरुलाई ‘अपराधी’ भन्दै आलोचना गरेका हुन्।

‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ,’ उनले ट्वीटरमा लेखेका छन्, ‘दुई तिहाइको जनादेश पाएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन मिल्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad