ad ad

राजनीति


जनमतका सतीश सिंहले मधेसको मुख्यमन्त्रीमा पेस गरे दाबी, दिउँसो १२ बजे शपथ

जनमतका सतीश सिंहले मधेसको मुख्यमन्त्रीमा पेस गरे दाबी, दिउँसो १२ बजे शपथ

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार ८:२१, काठमाडौँ

सीके राउत नेतृत्वको जनमत पाटीका सतीश सिंहले मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

सप्तरी २ (क)बाट निर्वाचित ४२ वर्षीय सिंहले शुक्रबार बिहान ८ बजे मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष ५५ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेस गरेका हुन्। 

उनलाई एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थन छ। 

सहयात्री सबै दलका नेतालाई साथमै लिएर प्रदेश प्रमुखको कार्यालयमा पुगेका सिंहले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।  

माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले आजै दिउँसाे १२ बजे मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम हुने जानकारी दिए। ‘हामी अहिले पनि मिटिङमै छौँ,’ उनले नेपालखबरसँग भने, ‘मन्त्रालय भागबण्डाको विषयमा अहिले छलफल चलिरहेको छ।’

१०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सांसदले सिंहलाई समर्थन गरेका छन्। 

मधेस प्रदेशमा जनमत पार्टीको दलका नेता सप्तरी २ (ख) बाट निर्वाचित  महेश यादव छन्। तर, जनमतले यादवलाई छाडेर सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेकाे हाे।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेर पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले आज बिहान १० बजेसम्‍मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .