चर्चित अभिनेता सलमान खानसहित बलिउडका ७ सेलिब्रेटीले उमेर घर्किसक्दा पनि अझै विवाह गरेका छैनन्।
सलमान खान ५८ वर्षका भइसके तर उनी अझै अविवाहित छन्।
यस्तै अभिनेत्री तब्बु पनि ५२ वर्षकी भइसकिन् तर अझै सिंगल छिन्।
४८ वर्षीया अभिनेत्री सुष्मिता सेन धेरै जनासँग अफेयरमा छिन्, तर अहिलेसम्म विवाह गरेकी छैनन्।
यस्तै उदय चोपडा ५१ वर्षको उमेरमा पनि अविवाहित नै छन् भने अक्षय खन्ना ४९ वर्षका भइसके तर विवाह गरेका छैनन्।
यसैगरी अभिनेता तुषार कपुर ४७ वर्षका भए, उनले पनि विवाह गरेका छैनन्। तर उनी सरोगेसीमार्फत छोराको बुबा बनेका छन्।
४८ वर्षीया एकता कपुर पनि अहिलेसम्म अविवाहित नै छिन्, तर उनी सरोगेसीमार्फत छोरा रवि कपुरकी आमा बनेकी छन्।
6.9k
Shares
प्रतिक्रिया