ad ad

राजनीति


कोसीका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने

कोसीका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने

फाइल तस्बिर


नेपालखबर
बैशाख ३१, २०८१ सोमबार ८:३७, विराटनगर

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन्।
    
प्रदेश प्रमुख परशुराम खापुङले कोसी प्रदेशसभाको पाँचौ अधिवेशन सोमबार बिहान ११ बजे बस्ने गरी आह्वान गरेका छन्।

उनले प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८१ वैशाख २७ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गरेका हुन्। 
    

यही वैशाख २७ गते कोसी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए। उनलाई नेकपा (एमाले) का ३९, नेकपा (माओवादी केन्द्र) का १३ सहितका ५२ प्रदेशसभा सदस्यको साथ र समर्थन रहेको छ। 

९३ सदस्यीय प्रदेश सभामा एमालेका (उपसभामुखबाहेक) ३९ र माओवादी केन्द्रका १३ सांसद छन्। सरकार गठनकाे लागि ४७ सांसद आवश्यक पर्छ।
    

आजको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम तथा कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकको कार्य सूची रहेको छ।

कांग्रेस सांसद केदार कार्की २०८० असोज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। पछि माओवादीले पनि उनलाई विश्वासको मत दिएको थियो।

तर गत फागुन २१ गते केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि प्रदेशमा पनि त्यसैअनुकूलका समीकरण बन्न थालेका हुन्। 

२०८० चैत २६ गते एमाले र माओवादीका ५२ जना सदस्यले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .