ad ad

राजनीति


राजनीतिक संकट समाधान भयो, सबैसँग सहमति गरेर काम गर्छु : मुख्यमन्त्री कार्की

राजनीतिक संकट समाधान भयो, सबैसँग सहमति गरेर काम गर्छु : मुख्यमन्त्री कार्की

नेपालखबर
असोज २८, २०८० आइतबार १८:५८, काठमाडौँ

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएसँगै राजनीतिक सङ्कट समाधान भएको बताएका छन्।

प्रदेश प्रमुखको कार्यालयमा आज पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना सरकार गठनसँगै टरेको बताए।

मख्यमन्त्री कार्कीले प्रदेशमा शान्ति, सद्भाव र  समुदायबीच सौहार्द्रपूर्ण वातावरण कायम राख्नु सरकारको प्रमुख प्राथमिकता भएको बताउँदै त्यसका लागि छलफल, संवाद  एवं वार्ताद्वारा समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

सबै पक्षसँग सहमति कायम गरेर आफू काम गर्न प्रतिबद्ध रहेको कार्कीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .