कर्णाली प्रदेश सभा सचिवालयको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका छन्।
मंगलबार सभामुख नन्दा गुरुङले खड्कालाई प्रदेश सभाको सचिवमा नियुक्त गरेकी हुन्। उनले मंगलबार नै पद तथा गोपनियताको सपथ लिएका छन्।
सभामुख गुरुङले उनलाई पद तथा गोपनियता सपथ गराएकी छन्। नवनियुक्त सचिव खड्काले मंगलबार नै पदभार ग्रहण गरेका छन्।
नेपाल सरकारका पूर्वसहसचिव समेत रहेका खड्का सिद्धिचरण नगरपालिका–९ ओखलडुङ्गाका बासिन्दा हुन्। संघीय संसद सचिवालयमा पाँच वर्ष कानुनी सहसचिवको रुपमा काम गरेका खड्कासँग कानुन र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव छ।
कानुन विषयमै विद्यावारिधि गरेका उनले सार्वजनिक प्रशासन विषयमा सिंगापुरको नेसनल युनिभर्सिटीबाट स्नातकोत्तर गरेका छन्।
नेपालको संविधान निर्माणका क्रममा सविधानको मस्यौदा समितिमा रहेर काम गरेका उनी २०७४ सालमा कर्णाली प्रदेश सभाको पहिलो अधिवेशन सञ्चालनका क्रममा हप्तादिनसम्म प्रदेश सभामै बसेर बैठक सञ्चालनको सहजीकरण समेत गरेका थिए।
Shares

प्रतिक्रिया