भारतीय कांग्रेस नेता राहुल गान्धी आफूलाई आसाममा मन्दिर जानबाट रोक लगाइएपछि धर्नामा बसेका छन्।
राहुल गान्धी ‘भारत जोडो न्याय यात्रा’मा छन् र यो यात्रा हाल असाममा पुगेको छ।
जहाँ कांग्रेस नेता राहुल गान्धी वैष्णव सन्त श्रीमन्त देवको स्थल बटाद्रवा थान मन्दिरमा जाँदै थिए तर बाटोमै प्रहरीले रोके।
— Press Trust of India (@PTI_News) January 22, 2024VIDEO | Bharat Jodo Nyay Yatra: Congress MP @RahulGandhi stages sit-in in Nagaon, Assam after being denied permission by Batadrava Than management to visit the shrine. pic.twitter.com/FlpBnaFrgw
राहुल गान्धीको प्रश्न
यस घटनाको एउटा भिडियो सार्वजनिक भएको छ जसमा राहुल गान्धी आफ्नो कारबाट बाहिर निस्केर प्रहरीलाई सोध्छन्- मलालाई किन रोकियो?
भिडियोमा गान्धीले भनेका छन्, ‘भाइ, के भयो? के म गएर ब्यारिकेड हेर्न सक्छु? म किन मन्दिर जान सक्दिनँ? मन्दिर जान नपाइने? मसँग अनुमति छ। मलाई मन्दिर प्रशासनले बोलाएको छ, म हात जोड्न चाहन्छु, भगवान्को दर्शन गर्न चाहन्छु।
घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हामी मन्दिर जान खोजिरहेका छौं। हामीलाई बोलाइयो र अहिले जान दिइएन, आज एउटा मात्र व्यक्ति (प्रधानमन्त्री नरेन्द्र मोदी) मन्दिर जान पाउने देखिन्छ।
आज अयोध्याको राम मन्दिरमा रामललाको मूर्तिलाई अभिषेक गरिएको छ। उक्त कार्यक्रममा देशका धेरै सेलिब्रेटीको उपस्थिति थियो।
प्राणप्रतिष्ठाको पूजा प्रधानमन्त्री नरेन्द्र मोदी र संघ प्रमुख मोहन भागवतले गरेका थिए। सो अवसरमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेल पनि गर्भगृहमा उपस्थित थिए।
Shares
प्रतिक्रिया