ad ad

राजनीति


जुम्लामा मुख्यमन्त्रीका दाबेदारलाई स्वतन्त्रका देवेन्द्रले हराए

जुम्लामा मुख्यमन्त्रीका दाबेदारलाई स्वतन्त्रका देवेन्द्रले हराए

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १७:२०, सु्र्खेत

कर्णालीका मुख्यमन्त्रीका दाबेदारसमेत रहेका ललितजंग शाही पराजित भएका छन्। 

उनलाई स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले हराएका हुन्। 

जुम्ला प्रदेश सभा १ मा वाम-लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेपालीका कांग्रेसका शाहीलाई १ हजार ८९९ मतले हराउँदै देवेन्द्रबहादुर विजयी भएका हुन्।

खसेको मतमध्ये २४ हजार ६४५ मत गणना गर्दा देवेन्द्रबहादुरले ९ हजार ६५४ मतसहित विजयी भए।

ललितजंगले ७ हजार ७५५ मत मात्रै पाएका छन्। यस्तै, नेकपा एमालेका धिरेन्द्रबहादुर गिरीले ५ हजार ४६० र नेपाल मजदुर किसान पार्टीका राजेश्वर देवकोटाले ६९४ मत पाएका छन्। 

शाही नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापतिसमेत हुन्। देवेन्द्रबहादुरले  कांग्रेसबाट टिकट नपाएपछि शाहीविरुद्ध उम्मेदवारी दिएका थिए। 

प्रदेश सभापति शाहीलाई माओवादी र एकीकृत समाजवादीको साथ थियो। तर, आन्तरिक रुपमा गठबन्धनभित्र विचलन आएकाले स्वतन्त्र उम्मेदवार शाही हावी भएका हुन्। 

उनी ०७४ मा कांग्रेसबाट प्रतिनिधिसभा चुनाव लडेका थिए। माओवादीका गजेन्द्र महतसँग पराजित भएका उनी कांग्रेसभित्र संस्थापनइतर पक्षधर नेता मानिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .