ad ad

राजनीति


दैलेख क्षेत्र नम्बर १ मा एमाले, २ मा कांग्रेसको अग्रता

दैलेख क्षेत्र नम्बर १ मा एमाले, २ मा कांग्रेसको अग्रता

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १६:२२, सुर्खेत

दैलेखका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये एउटामा नेकपा एमाले र एउटामा सत्ता गठबन्धनले अग्रता लिएका छन्।

१ नम्बर निर्वाचन क्षेत्रमा एमाले र २ नम्बरमा गठबन्धनले अग्रता लिएका छन्। दैलेख–१ मा १३ हजार ८३४ मत गन्दा नेकपा एमालेका रवीन्द्रराज शर्माले अग्रता लिएका छन्।

उनले ५ हजार ९३१ मत ल्याएका छन्। गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार अम्मरबहादुर थापाले ५ हजार ७२५ मत ल्याएका छन्।

दैलेख–१ मा राप्रपाकी उम्मेदवार कुन्तिकुमारी शाहीले १०१२ मत पाएकी छन्।

दैलेख–२ मा भने मतगणना सुरू भएदेखि नै गठबन्धनबाट उम्मेदवार कांग्रेसका दिक्पालकुमार शाहीले अग्रता लिएका छन्।

२१ हजार ९ मतगणना गर्दा शाहीले ९ हजार ६२२ मतसहित अग्रता लिएका छन्।

नेकपा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद पोख्रेलले ८ हजार २०१ मतसहित शाहीलाई पछ्याइरहेका छन्।

शाही एमालेका पोख्रेल भन्दा १ हजार ४२१ मतले अगाडि रहेका छन्। 

राप्रपाका उम्मेदवार लोकेन्द्र गिरीले २२९ मत ल्याएका छन् भने नेपाल मजदुर किसान पार्टीका केशेन्द्र कार्कीले १ हजार ३४० मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बखतबहादुर भण्डारीले ३९१ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .