ad ad

राजनीति


समानुपातिकतर्फ एमाले पहिलो, एकीकृत समाजवादी दशौँ स्थानमा

समानुपातिकतर्फ एमाले पहिलो, एकीकृत समाजवादी दशौँ स्थानमा

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १६:२८, काठमाडौँ

प्रतिनिधिसभाको समानुपातिक तर्फ नेकपा एमालेले अग्रता जारी राखेको छ। 

निर्वाचन आयोगले सार्वजननिक गरेको पछिल्लो विवरण अनुसार एमालेले एक लाख ३ हजार ७६८ मत ल्याएको छ। 

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८८ हजार ४४४ मत ल्याएको छ। 

त्यसैगरी तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ। घण्टी चुनाव चिन्हमा उसले अहिलेसम्म ४६ हजार ६ सय ७ मत ल्याएको छ। चौथो स्थानमा रहेको माओवादी केन्द्रले ३८ हजार ८ सय ७७ मत पाएको छ। 

अहिलेसम्मको मतगणनामा राप्रपा पाँचौ नम्बरमा छ। राप्रपाको २६ हजार ३७८ मत ल्याएको छ। 

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दशौं नम्बरमा छ। उसले अहिलेसम्म ५ हजार २ सय २४ मत मात्रै पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .