राजनीति


महराको बयान दशैँपछि मात्र

महराको बयान दशैँपछि मात्र

नेपालखबर
असोज १९, २०७६ आइतबार १६:३०,

संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्ण्बहादुर महराको बयान दशैँपछि मात्र हुने भएको छ।

अहिले दशैँ विदाको समय परेकाले विदा खुलेपछि मात्रै बयान लिइने छ। अदालत र सरकारी वकिलको कार्यालय खुलेपछि मात्रै महराको बयान सुरु हुने काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ।

अदालतको दशैँ विदा २६ गतेसम्म छ। तर पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा २७ गते पनि अदालतमा विदा दिइएको छ।

अर्को सोमबार अदालत तथा सरकारी वकिलको कार्यालय खुलेपछि अदालतमा हाजिर लगाउने, बयान लिने काम सुरु हुनेछ। घटनाको मुद्दा भने काठमाडौं प्रहरी परिसर, टेकुबाट चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad