राजनीति


प्रतिगमन ल्याउन खोज्ने हर्कत असैह्यः डा. भट्टराई

प्रतिगमन ल्याउन खोज्ने हर्कत असैह्यः डा. भट्टराई

नेपालखबर
असोज १४, २०७६ मंगलबार ९:२३,

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा प्रतिगमन ल्याउन खोज्ने कुनै पनि खालको हर्कत सफल नहुने दावी गरेका छन्।

समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष समेत रहेका भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने प्रयास गरिए सैह्य नहुने चेतावनी पनि दिए। कुनै पनि नामको पार्टी र वादले मुलुकमा निरंकुशता ल्याउने सपना नदेखे हुने उनको भनाई छ।

दशैंको अवसर पारेर गोरखा पत्रकार मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले मुलुकलाई उन्नत लोकतान्त्रिकरणको बाटोमा अघि बढाउन सञ्चार माध्यामहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता पनि औँल्याए।

पूर्व प्रधानमन्त्री भट्टराईले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई सच्याएर अघि बढाउने परिकल्पनाका साथ सञ्चार क्षेत्रलाई मुलुकको चौंथो अंगको रुपमा रुपमा लिइएको उल्लेख गर्दै संचार माध्यामले सोही अनुसारको भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad