राजनीति


सभामुखमाथिको आरोप निष्पक्ष छानबिन होस्ः कोइराला

सभामुखमाथिको आरोप निष्पक्ष छानबिन होस्ः कोइराला

नेपालखबर
असोज १४, २०७६ मंगलबार ९:१३,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख कृष्णबहादुर महराले महिला कर्मचारीमाथि ‘रेप’ गरेको गम्भीर आरोप लागेको उल्लेख गर्दै त्यसको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।

महामन्त्री कोइरालाले सभामुख महराले संसद सचिवालयकै कर्मचारीमाथि ‘रेप’ गरेको भन्ने आरोप गम्भीर मुद्दा भएको भन्दै त्यसको निष्पक्ष छानबिन गरेर आवश्यक निर्णय लिनुपर्ने बताएका हुन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘हुनत यो आरोप आरोप मात्रै होला, तर त्यसमाथि छानबिन भएर तत्काल निर्णय लिनुपर्ने’ पनि स्पष्ट पारे। सभामुख महरामाथि सोमबार साँझ संसद संचिवालयकै महिला कर्मचारीमाथि यौन दूव्र्यवहार गरेको आरोप लागेको थियो।

महामन्त्री कोइरालाले रेडियो नेपालका ३ जना पत्रकारलाई सरकारले निष्काशन गरेकोमा आपत्ति जनाउँदै तत्काल पुनर्वहाली गर्न पनि आग्रह गरे। उनले सरकारले पत्रकारहरुमाथि नियन्त्रण हुने गरी कानुन बनाउन खोजेको दावी गर्दै सैह्य नहुने चेतावनी पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad