समाज


प्रहरीको काम गर्ने शैली सुधार गरौँः महानिरीक्षक खनाल

प्रहरीको काम गर्ने शैली सुधार गरौँः महानिरीक्षक खनाल

नेपालखबर
असोज १४, २०७६ मंगलबार ९:४७,

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको अपेक्षा अनुसार शान्ति सुरक्षाको उचित व्यवस्था गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन्।

प्रहरी महानिरीक्षक खनालले प्रहरीहरुले आफ्नो काम गर्ने शैलीमा सुधार गर्दै अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे।

मंगलबार महाराजगंजमा अत्याधुनिक शैलीमा निर्माण गरिएको महानगरीय प्रहरी वृत्त भवनको उद्घाटन गर्दै उनले भवनको उद्घाटनसँगै त्यसबाट प्रवाह हुने सेवा पनि सुन्दर हुनुपर्ने आफूले अपेक्षा गरेको पनि बताउनु भयो बताए। प्रहरी महानिरीक्षक खनालले प्रहरीले न्याय सम्पादनको कामलाई प्रभावकारी बनाउँदै लैजाने गरी प्रहरी भवन निर्माण कार्यलाई पनि अत्याधुनिक बनाउँदै लगिएको पनि स्मरण गराए।

सो भवनमा अत्याधुनिक लिफ्टको पनि व्यवस्था गरिएको छ। डिएफआईडी नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको सो भवनको लागत ११ करोड रहेको छ। प्रहरी महानिरीक्षक खनालले अत्याधुनिक सो भवन निर्माणसँगै त्यसले प्रवाह गर्ने सेवा पनि आधुनिक हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad