राजनीति


गृहमन्त्री थापा सवार हेलिकोप्टर रामेछापमा आकस्मिक अवतरण

गृहमन्त्री थापा सवार हेलिकोप्टर रामेछापमा आकस्मिक अवतरण

नेपालखबर
असोज ११, २०७६ शनिबार ८:११,

गृहमन्त्री रामबहादुर थापा सवार हेलिकोप्टर रामेछापमा आकस्मिक अवतरण गरिएको छ।

सोमबार काठमाडौँबाट जनकपुरका लागि उडेको सो हेलिकोप्टर खराब मौसमका कारण रामेछापको मन्थली विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो।

‘जनकपुर जानका लागि हिँडेका थियौँ, मौसमका खराबीका कारण मन्थली विमानस्थलमा आकस्मिक अवतरण गरेका हौँ’, गृहमन्त्रीका सल्लाहकार सूर्य पथिकले नेपालखबरसँग कुरा गर्दै भने, ‘अहिले हामी काठमाडौँ फर्किसक्यौँ।’

जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुन गृहमन्त्री थापा पाली सेनाको एनए–०५६ नम्बरको हेलिकप्टरमार्फत त्यसतर्फ जान लागेका थिए।

हेलिकप्टरमा गृहमन्त्रीका साथमा गृहसचिव प्रेमकुमार राई र उच्च सुरक्षा अधिकारीहरु समेत रहेको सल्लाहकार पथिकले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad