राजनीति


६ किलो सुनसहित पक्राउ परेका गुप्ताको ७३ लाख रकम जफत हुने फैसला

६ किलो सुनसहित पक्राउ परेका गुप्ताको ७३ लाख रकम जफत हुने फैसला

नेपालखबर
असार २३, २०८३ मंगलबार १८:५६, काठमाडौँ

विशेष अदालतले ६ किलो सुनसहित पक्राउ परेका व्यापारी बलरामप्रसाद गुप्ताको ७३ लाख ३० हजार ५ सय रूपैयाँ जफत हुने फैसला गरेको छ।

आज (मंगलबार) न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले  स्रोत खुलाउन नसकेको भन्दै सो रकम जफत गरेको हो।

सो रकमको स्रोत प्रमाणित हुन नसकेको भन्दै सो रकम सम्पत्ति शुद्धीकरण ऐनअनुसार जफत हुने अदालतले ठहर गरेको हो।

यसअघि ६ किलो सुनको हकमा अदालतले चोरी पैठारी कसूरमा दोषी ठहर गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad