राजनीति


ट्रम्पको फोनमा पुटिन र साउदी राजकुमारलाई प्रतिबन्ध

ट्रम्पको फोनमा पुटिन र साउदी राजकुमारलाई प्रतिबन्ध

नेपालखबर
असोज ११, २०७६ शनिबार ८:३४,

सीएनएनका अनपुसार ह्वाइट हाउसले विदेशी नेतासँग हुने प्रत्यक्ष टेलिफोन कुराकानीको सीमा निर्धारण गर्नका लागि ट्रम्पको फोन पहुँचमा पुटिन र सलमानलाई प्रतिबन्ध लगाएको हो।

हालैका दिनमा अमेरिकामा ट्रम्पमाथि महाअभियोग लगाइनु पर्ने सवालहरु उठेका छन्। यो विषय ट्रम्प र युक्रेनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीले उठेको हो।

अमेरिकी संचारमाध्यमका अनुसार ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्स्कीलाई फोन गरेर अमेरिकी नेता जो बाइडेन र उनका छोराविरुद्ध भ्रष्टाचारको छानबिन गर्न दबाब दिएका थिए।

बाइडेन डेमोक्रेटिक पार्टीका सम्भावित राष्ट्रपतिय उमेदवार हुन्। यदी उमेदवार बने उनले सन् २०२० मा ट्रम्पसँग निर्वाचन लड्नेछन्।

बाइडेनका छोरा युक्रेनको एक कम्पनीको बोर्ड सदस्य हुन्। उनीमाथि भ्रष्टाचारको मुद्दामा अनुसन्धान नगर्न बाइडेनले दबाब दिएको ट्रम्पको दाबी छ।

अनुसन्धान प्रभावित गर्ने बाइडेन विरुद्ध पनि युक्रेनले अनुसन्धान गर्नुपर्ने ट्रम्पले टेलिफोनमा जेलेन्स्कीलाई बताएका थिए।

टेलिफोन कुराकानीले ट्रम्प विवादमा आएपछि ह्वाइट हाउसले विदेशी नेतासँगको टेलिफोन पहुँच नियन्त्रण गर्न थालेको हो।

पुटिन र सलमानसँग ट्रम्पको विवादस्पद सम्बन्ध छ। सोही कारण ह्वाइट हाउसले टेलिफोन पहुँच प्रतिबन्ध गरेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad