पूर्वराजा ज्ञानेन्द्र शाहले ८० औँ जन्मदिन मनाएका छन्।
विसं. २००४ साल असार २३ गते जन्मिएका ज्ञानेन्द्र शाहले आज (मंगलबार) पारिवारिक जमघटबिच आफ्नो जन्मदिन मनाएका हुन्।
उनी ८० वर्ष गुगेको अवसरमा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरिरहेका छन्।

ज्ञानेन्द्र शाह नेपालको इतिहासमा राजतन्त्रका अन्तिम राजा हुन्। पछि विसं २०५८ सालको राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहसहित राजपरिवारका अधिकांश सदस्यको निधन भएपछि ज्ञानेन्द्र नेपालको राजा बनेका थिए।
त्यसअघि उनी बाल्यकालमै केही समयका लागि राजा घोषणा गरिएका थिए।
विसं २०६२/०६३ सालको जनआन्दोलनपछि २०६५ साल जेठ १५ गते संविधानसभाले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै २४० वर्ष पुरानो राजसंस्थाको अन्त्य गरेको थियो।
33
Shares

प्रतिक्रिया