यसपटक सिटि सेन्टरमा कुनै सामाग्री खरिद नगरी पनि मल घुम्न पुगेका मानिसले उपहार कुपन पाउन सक्नेछन्।
यो अफर कात्तिक १६ सम्ममात्र उपलब्ध हुने जनाइएको छ। यस मलमा सामान किन्नेले यो उपहार कुपन पाउनेछन्।
घुम्न मात्र जाने मानिसले पनि त्यहाँ उपहार कुपन लिन पाउनेछन्।
उपहार कुपन लिएका ६ जनासम्मको लागि यसपटक पुरस्कारको व्यवस्था गरिएको छ। कुपन लिएका मानिसहरुको लक्की ड्र गरिनेछ।
जसअनुसार पहिलो पुरस्कारको रुपमा १५० सीसीको टिभिएस आरटीआर स्कुटर प्रदान गरिनेछ।
दोस्रो पुरस्कारको रुपमा ११० सीसीको टिभिएस जुपिटर स्कुटर राखिएको छ।
तेस्रो पुरस्कार दुई जनालाई प्रदान गरिएको छ। उक्त पुरस्कार ४३ इन्चको एलइडी टेलिभिजन हो।
यस्तै चौथो पुरस्कारको रुपमा फ्रिज छ, पाँचौ पुरस्कार वासिङ मेसिन हो भने छैठौं पुरस्कार भ्याकुम क्लिनर, हेलोजेन हिटर र आइरन रहेको छ।

प्रतिक्रिया