अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्रीलाई ‘फादर अफ इन्डिया’ को उपमा दिएका छन्।
ट्रम्पले मोदी ‘भारतको पिता’ भएको बताएका हुन्।
मंगलबार न्युयोर्कमा औपचारिक भेटपछि पत्रकारसँग बोल्दै ट्रम्पले भने,‘मलाई याद छ भारत पहिले कस्तो थियो, त्यहाँ फुट थियो, मारामारी थियो, मोदीले सबैलाई एक बनाए। जस्तै एक पिताले यस्तो कार्य गर्छन्। उनी सायद फादर अफ इन्डिया हो। हामी उनलाई फादर अफ इन्डिया भन्नेछौं।’
ट्रम्पले मोदीलाई आफूले सम्मान गर्ने बताउँदै उनको प्रशंसा गरे।
ट्रम्पले भारत र पाकिस्तानबीच जारी द्वन्दको विषयमा पनि आफ्नो धारणा राखेका थिए।
उनका अनुसार मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खान दुवैले मिलेर त्यसको समाधान निकाल्नेछन्। एजेन्सी
प्रतिक्रिया