राजनीति


रास्वपाको बन्दसत्र भोलि १२ बजेपछि मात्रै

रास्वपाको बन्दसत्र भोलि १२ बजेपछि मात्रै

नेपालखबर
असार ८, २०८३ सोमबार १९:१७, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र भोलि (मंगलबार) मात्रै हुने भएको छ। 

आज (सोमबार) साँझ चितवन उद्योग संघको हलमा गरिएको पत्रकार सम्मेलनमा रास्वपा प्रवक्ता मनिष झाले बन्दसत्र सोमबार १२ बजेपछि सुरु हुने जानकारी दिएका हुन्। 

‘प्रतिनिधिको रुजु र कार्ड प्रिन्टमा समस्या हुँदा आज बन्दसत्र हुन सकेन, भोलि बन्दसत्र हुन्छ,’ उनले भने, ‘मध्याह्न १२ बजेपछि मात्र सुरु हुन्छ। व्यवस्थापकीय कमजोरी भयो।’

महाधिवेशन प्रतिनिधिलाई एक दिन थप हुने कुराको आर्थिक भार व्यवस्थापनबारे पनि सोचिएको झाको भनाइ छ।

रास्वपाले असार ७-९ सम्मका लागि महाधिवेशनको मिति तय गरेको थियो। बन्द सत्रको कार्यक्रम पर सरेपछि महाधिवेशनको अवधि पनि थप गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad