राजनीति


एमाले कार्यक्रमबाटै समातिए विष्णु पौडेल

एमाले कार्यक्रमबाटै समातिए विष्णु पौडेल

दिनेश बुढा
असार ८, २०८३ सोमबार १८:३०, सुर्खेत

नेकपा (एमाले) पुनर्गठनका लागि सुझाव संकलन गर्न आयोजित कार्यक्रमबाटै उपाध्यक्ष विष्णुप्रसाद पौडेल समातिएका छन्। 

एमालेको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलका सदस्य पौडेल सुझाव संकलनका क्रममा आइतबार सुर्खेत पुगेका थिए। सुर्खेतको शुभ होटलमा सुझाव संकलन तथा छलफल कार्यक्रम रहेको थियो। 

पौडेललाई कार्यक्रमबाटै प्रहरीले पक्राउ गरेको एमालेका एक नेताले बताए। उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा राखिएको छ। आजै काठमाडौँ लगिने प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार, उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। सुर्खेत प्रहरीको सहयोगमा सम्पत्ति शुद्धीकरण विभागको टोलीले पक्राउ गरेको जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad