ad ad

राजनीति


कम्युनिस्टको विकल्प कांग्रेस होइन, राप्रपा हाे: कमल थापा

कम्युनिस्टको विकल्प कांग्रेस होइन, राप्रपा हाे:  कमल थापा

नेपालखबर
भदौ २६, २०७६ बिहिबार १२:१३,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कम्युनिस्टको एजेण्डा बोक्ने कांग्रेस मुलुकको विकल्प बन्न नसक्ने बताएका छन्।

पार्टीको काठमाडौँ जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले असफल नीति र असफल बाटोमा परिवर्तन आवश्यक भएको चर्चा गर्दै पार्टी र व्यक्ति परिवर्तन होइन नीति र बाटो परिवर्तन जरुरी भएको विचार व्यक्त गरे।

२०६२÷६३ को आन्दोलन राजा र आन्दोलनकारी शक्तिबीच सम्झौता भएर टुंएको भन्दै थापाले २०४७ को संविधानमा टेकर संविधानसभाको निर्वाचन हुने र त्यो संविधानसभाले संविधान निर्माण गर्ने सहमति विपरीत संविधानसभाको निर्वाचन अगावै धर्म निरपेक्षता लादिएकोप्रति आपत्ति प्रकट गरे। सहमति विपरीत दलहरुले देश, जनता र राजालाई धोका भएको थापाको भनाई थियो।

अहिले लथालिंग अवस्थाबाट मुलुकलाई मुक्ति दिनको निमित्त नयाँ विकल्पमा जानुपर्ने भन्दै थापाले विचार, बाटो र संगठन को दृष्टिकोणबाट राप्रपा त्यो शक्ति बन्ने दाबी गरे। ‘आत्मविश्वास बोकेर हिड्नोस्, सक्रियता देखाउनुस्, राप्रपा वैकल्पिक शक्ति बन्छ’, थापाले भने। फरक फरक विचारले प्रजातन्त्रलाई मजबुत बनाउने भन्दै उनले राप्रपा राष्ट्रवादी प्रजातान्त्रिक शक्ति भएको विचार व्यक्त गरे।

काठमाडौँ जिल्ला अध्यक्ष नवराज सिंखडाको अध्यक्षतामा भएको प्रशिक्षणमा नेताहरु भुवन पाठक, प्रा.डा. जयन्तनाथ खनाल, रमानन्द न्यौपाने, आशा लामाले प्रशिक्षण दिएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .