एमभी दुगड ग्रुपले पियाजीयो एपेसीटी डिलक्स नेपाली बजारमा सार्वजनिक गरेको छ। पियाजियो थ्री ह्विलर्सको नयाँ मोडल पियाजियो एपे सीटी डिलक्स वीरगञ्जमा सार्वजनिक गरिएको कम्पनीकी पीआर हेड विमला थापाले जनाएकी हुन्।
सार्जजनिक भएको उक्त मोडलमा पहिलेभन्दा बढी माइलेज दिने इन्जिन, आरामदायी सुविधा रहेको छ भने यसको आकर्षक लुक्सका कारण एपे सीटी नेपालमा सफल हुने कम्पनीले दाबी गरेको छ। आज काठमाडौंमा एक कार्यक्रम गरी पहिलो दिन नै एक सय युनिट एपे बिक्री भएको कम्पनीले जनाएको छ।

उक्त एपे सीटी सार्वजनिक कार्यक्रममा पियाजियो भेइकल इण्डियाका उपाध्यक्ष सुधांशु अग्रवाल, एक्सपोर्ट मेनेजर दिपक कुमार, पियाजियोका हेड अफ अपरेसन विजय महतो र दुगड़ ब्रदर्स एण्ड सन्स्का जनरल मेनेजर वेद प्रकाश शर्माको उपस्थिति रहेको थियो ।

एम भी दुगड ग्रुपको वित्तीय, बीमा , मोटर , ट्रेडिङ र हाइड्रोमा समेत लगानी रहेको छ।


प्रतिक्रिया