नेकपाका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख वामदेव गौतमलाई डेंगु नभएको पुष्टि भएको छ।
सिंगापुरबाट चार दिनअघि फर्किदेखि नै गौतमलाई रुघाखोकी लाग्नुका साथै ज्वरो भएको थियो।
त्यसपछि नेकपाका प्रस्तावित उपाध्यक्ष गौतमको पनि स्वास्थ्य परीक्षण गराएका थिए। ‘डेंगु भएको हो कि भनेर स्वास्थ्य परीक्षण गरेका थियौँ। तर, परीक्षणमा नेगेटिभ देखिएको छ’ गौतमका स्वकीय सचिव दीपक टमाटाले भने, ‘तर, चिकित्सकहरुले संक्रमण हुनसक्ने भन्दै आराम गर्ने सल्लाह दिनु भएको छ। केही दिन आराम गर्नुहुने छ।’
नेता गौतमको डिल्लीबजारस्थित सिद्धी पोलिक्लिकिनमा स्वास्थ्य परीक्षण गरिएको थियो। देशव्यापी रुपमा डेंगु फैलिएको कारण यसले महामारीको रुप लिएको छ। अहिलेसम्म ५६ जिल्लामा यो रोगको संक्रमण देखिउको छ। ४ हजार ५ सयभन्दा बढीमा यो रोगको संक्रमण देखिएको सरकारले जनाएको छ।
उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीले उतै बोलाएपछि गौतम गत साता सिंगापुर गाएका थिए। उनी सिंगापुरबाट फर्किदेखि अस्वस्थ्य रहँदै आएका छन्।
यस्ताे गाैतमकाे स्वास्थ्य रिपाेर्ट


प्रतिक्रिया