कारोबार


ज्योति विकास बैंक र सिप्रदी अर्थ मुभर्सबीच सम्झौता

ज्योति विकास बैंक र सिप्रदी अर्थ मुभर्सबीच सम्झौता

नेपालखबर
भदौ २४, २०७६ मंगलबार १२:७,

ज्योति विकास बैंक र सिप्रदी ग्रुप अन्तर्गतको सिप्रदी अर्थ मुभर्सबीच सम्झौता भएको छ। सम्झौता अन्तर्गत सिप्रदी अर्थ मुभर्सबाट सिफारिस प्राप्त ग्राहकहरुले टाटा हिटाचि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन्। 

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा सिप्रदी अर्थ मुभर्सको तर्फबाट कम्पनीका नायब महाप्रबन्धक राजेन्द्र कार्कीले हस्ताक्षर गरेका थिए।
यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट ग्राहकलाई टाटा हिटाचि गाडी ७० प्रतिशतसम्म कर्जा सहित सजिलै प्राप्त हुनेछ। बैंकको देशभरि फैलिएका १०२ वटै शाखाबाट उक्त सवारि कर्जा सेवाको लाभ लिन सकिनेछ।

गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मन जित्न सफल टाटा कम्पनीको टाटा हिटाचि खरिद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ। सिप्रदी अर्थ मुभर्सले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई टाटा हिटाचि खरिद तथा विक्रि पश्चातको सेवा दिंदै आएको छ।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ। साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ। हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु. ३० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु. २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad