वैदेशिक रोजगारीका लागि मकाउ पठाउने बहानामा १९ लाख १० हजार ठगी गरेको आरोपमा प्रहरीले एक ब्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–५ बस्ने ४२ वर्षीय बिनोद बस्नेत भनिने राजु केसी छन्।
केसीले गोर्खा पालुङटार नगरपालिका–८ का रामशरण कोईराला समेत ६ जनालाई वैदेशिक रोजगारीका लागि मकाउ वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि प्रलोभनमा पारी सो रकम लिएर वेपत्ता भएको प्रहरीले जनाएको छ।
खोजतलासका क्रममा उनलाई काठमाडौंको हाँडीगाउँबाट पक्राउ गरिएको हो। उनको साथबाट एकै व्यक्तिको छुट्टाछुट्टै नामबाट (राजु केसीको नामको ०५५७०५८९ नं र बिनोद मणि बस्नेतको नामको ०६४८४७४५ नं) का दुई वटा सवारी चालक अनुमती पत्र समेत बरामद गरिएको प्रहरीले जनाएको छ। यससम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Shares

प्रतिक्रिया