ad ad

राजनीति


नेपाल चीन परराष्ट्र मन्त्रीस्तरीय बैठक सुरु

नेपाल चीन परराष्ट्र मन्त्रीस्तरीय बैठक सुरु

नेपालखबर
भदौ २३, २०७६ सोमबार १०:४,

नेपाल-चीन परराष्ट्र मन्त्रीस्तरीय बैठक सुरु भएको छ।

सोमबार दिउँसो साढे ३ बजेबाट होटल याक एन्ड यतीमा परराष्ट्रमन्त्री स्तरीय बैठक सुरु भएको हो।

 बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली गरेका छन् भने चिनियाँ टोलीले नेतृत्व विदेशमन्त्री वाङ यीले गरेका छन्। बैठकपछि तीन समझदारीमा हस्ताक्षर समेत हुने बताइएको छ।

नेपाली टोलीमा अर्थमन्त्री युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लीलामणि पोखरेल, परराष्ट्र सचिव शंखरदास वैरागी, परराष्ट्र मन्त्रालयमा चीन मामिला हेर्ने सहसचिव काली पोखरेललगायत सहभागी छन्।

बैठकमा सहभागी हुन चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार साँझ काठमाडौं आइपुगेका हुन्। सोमबार बिहान विदेशमन्त्री याङ चन्द्रागिरिको अवलोकनमा निस्किएका थिए।

विदेशमन्त्री वाङले सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै छन् भने दिउँसो परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको टोलीसँग दुईपक्षीय वार्ता गर्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .