ad ad

कारोबार


सेयरबजार साढे नौ अंकले ओर्लियो

सेयरबजार साढे नौ अंकले ओर्लियो

नेपालखबर
भदौ २३, २०७६ सोमबार १०:१९,

साताको दोस्रो कारोबार दिन आज सेयरबजार नौ दशमलव ५४ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार कारोबार मापन गर्ने नेप्से सूचकसँग आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि एक दशमलव ७७ अंकले ओर्लिएको छ।

आज सेयरबजारमा १ सय ७३ कम्पनीको १४ लाख २८ हजार कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा ७ हजार ८ सय ३६ पटकको खरिदबिक्रीपछि २९ करोड ९२ लाखको सेयर कारोबार भएको छ। कुल १२ समूहको कारोबार भएकामा आज उत्पादन समूहको बाहेक अन्य सबै समूहको कारोबार सूचक रातो भएको छ। आज सबैभनदा बढी निर्जीवन बीमा, जीवन बीमा र होटल समूहको सूचक झरेको छ।

आज सबैभन्दा बढी कारोबार सिभल बैंक प्रमोटर सेयरको भएको छ। कम्पनीको प्रतिकित्ता १ सय मूल्यमा ४ करोडको सेयर खरिदबिक्री भएको हो। त्यस्तै कुमारी बैंक लिमिटेडको १ करोड १९ लाखको सेयर प्रतिकित्ता २ सय ३ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ। एभरेष्ट बैंक लिमिटेडको १ करोड १९ लाखको, लक्ष्मी बैंक लिमिटेडको १ करोड ११ लाखको, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ६ लाखको र आँधीखोला लघुवित्त वित्तीय संस्थाको एक करोड ३ लाखको कारोबार भएको छ।

कमाउने कम्पनीमा भने आज आँधीखोला लघुवित्त नै अगाडि छ। कम्पनीका सेयरधनीले प्रतिसेयर २३ रुपैयाँ कमाएका छन्। त्यस्तै, हिमालय ऊर्जा विकास कम्पनीका सेयरधनीले ४.३९ प्रतिशत, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ४.०४ प्रतिशत, वरुण हाइड्रोका सेयरधनीले ३.५३ प्रतिशत आम्दानी गरेका छन्। गुमाउनेमा भने आज युनाइटेड इन्स्योरेन्स कम्पनीका सेयरधनीले ५.३२ प्रतिशत, ग्लोबल आईएमई समुन्नत स्किम १ का सेयरधनीले ५.०५ प्रतिशत, नेपाल हाइड्रो डेभलपर्सका सेयरधनीले ४.८५ प्रतिशत, विशालबजार कम्पनीका सेयरधनीले ३.८८ प्रतिशत अर्थात् प्रतिसेयर ५६ रुपैयाँ गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .