नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले देशैभर १०६ औं बीपी जयन्ती भव्यरुपमा मनाउन सबैलाई निर्देशन दिएको छ।
आफ्ना सबै जिल्ला कमिटी तथा विदेश शाखा समितिलाई १०६ औं बीपी जयन्तीका देशभर भव्य रुपमा मनाउनको लागि सम्पूर्ण कमिटीका अध्यक्षहरुलाई परिपत्र पठाएको हो।
तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले बीपी जयन्ती भव्य रुपमा मनाउने तयारी भइरहेको बताए। सोही अनुसार सबै जिल्ला र अन्य शाखाहरुलाई परिपत्र गरिएको उनले बताए।
तरुण दलले भदौ २४ गते बीपी जयन्तीमा वृक्षरोपण, फलफूल वितरण, सरसफाई लगायतका आवश्यकता अनुरुपका विभिन्न कार्यक्रम गर्नु भनी सम्पूर्ण जिल्ला समितिलाई निर्देशन दिएको छ।
साथै ‘भ्रष्टाचार मुक्त नेपाल–सुशासन युक्त नेपाल’ भन्ने मुल नाराका साथ सञ्चाल भईरहेको अभियान अन्र्तगत सम्पूर्ण जिल्ला, नगर, गाँउ, वडा सबै ठाँउमा देखिएको भ्रष्टाचारको विरोध गर्दै भण्डाफोर अभियान समेत सञ्चालन गर्न कार्यक्रम रहेको महासचिव शाहीले बताए।

प्रतिक्रिया