समाज


सत्ता–प्रतिपक्ष दुबैप्रति दलित समूदाय सशंकित

सत्ता–प्रतिपक्ष दुबैप्रति दलित समूदाय सशंकित

नेपालखबर
भदौ २२, २०७६ आइतबार ९:४०,

दलित समूदायले जातीय विभेद र छुवाछुत हुन नदिन गरिएको संवैधानिक व्यवस्था पनि कार्यान्वयनमा लैजान सरकार र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस प्रतिवद्ध नरहेको भन्दै आपत्ति जनाएका छन्।

संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमा गरी आफूहरुको अधिकार सुनिश्चित हुने गरी संविधानमा गरिएको व्यवस्था पनि कार्यान्वयनमा गर्न सरकार र प्रमुख प्रतिपक्ष दल कांग्रेस तयार नभएको दावी गर्दै आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएको हो।

दलित समुदायका लागि संविधानमा गरिएको कुनै पनि व्यवस्था कार्यान्वयनमा लैजाने काम सरकार र राजनीतिक दलहरुले नगरेपछि त्यस विरुद्ध आन्दोलनमा जाने अवस्था आएको निष्कर्षमा पुगिएको जात व्यवस्था उन्मुलन मोर्चा, नेपालका संयोजक राजकुमार हिङमाङले जानकारी दिए।

दलितसँग सम्बन्धित विभिन्न संघ, संगठनहरु आवद्ध रहेको सो संघर्ष समितिले दलित मुक्तीका लागि आन्दोलनमा जाने तयारीमा रहेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई अपिल गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad