खेल


क्यानको केन्द्रीय निर्वाचन असोज ३ र ४ गते

क्यानको केन्द्रीय निर्वाचन असोज ३ र ४ गते

नेपालखबर
भदौ २२, २०७६ आइतबार ९:४७,

आइसीसीले गठन गरेको अनुगमन समितिका सदस्य तथा कानुनी सल्लाहकार राजेश्वर श्रेष्ठका अनुसार प्रादेशिक चुनाव सकिएसँगै केन्द्रीय चुनाव असोज ३–४ गते गर्ने छलफल अन्तिम चरणमा रहेको छ।

शनिबार हेटौडामा भएको प्रदेश ३ को प्रादेशिक चुनाव भएसँगै सम्पूर्ण प्रदेशको चुनाव सकिएको थियो। प्रदेश ३ को अध्यक्षमा राजु बस्न्यात नियुक्त भएका थिए।

यसअघि हरि रेग्मीको अध्यक्षतामा सुदूरपश्चिम, हरि भगतको अध्यक्षतामा प्रदेश २, देवेन्द्र प्रजुको अध्यक्षतामा गण्डकी, मिङ्मा डेन्डु शेर्पाको अध्यक्षतामा प्रदेश १ र दुर्गा थापामगरको अध्यक्षतामा प्रदेश ५ र ६ को चुनाव भइसकेको छ।

यो पनि: तीन वर्षदेखि क्यान निलम्बनः नेपाली क्रिकेटको लज्जास्पद हार 

यो पनि: क्यान केन्द्रीय निर्वाचनमा ‘भारइस’को त्रास

क्यानको केन्द्रीय कार्यसमिति १७ सदस्यीय हुनेछ। जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष तथा १३ सदस्य चयन हुनेछन्। उनीहरुको कार्यकाल ४ वर्षीय हुनेछ।

क्यानको मतदाता भने ५९ सदस्य हुनेछन्। श्रेष्ठका अनुसार जिल्लाबाट १–१ जना प्रतिनिधि र प्रदेशमा दुई जिल्ला बराबर एक जना प्रतिनिधि हुनेछन्।

आइसीसीले २०७३ बैशाखमा क्यानलाई निलम्बन गरेको थियो। क्यानको केन्द्रीय चुनावपछि अक्टोबरमा बस्ने आइसीसी बैठकले क्यान निलम्बन फुकुवा गर्ने विश्वास गरिएको छ।

क्यानको विवाद टाइमलाइन– 
२०६८ पुस – माओवादी नेता टंक आङबुहाङको नेतृत्वमा क्यानको निर्वाचन
२०७२ पुस – टंक आङबुहाङको नेतृत्वको क्यानको कार्यकाल सकिदैँ।
२०७२ मंसिर– टंक आङबुहाङ पक्षले असन्तुष्टिका साथ मंसिर २९ गते भएको साधारण सभा बिथोल्ने प्रयास। मध्यराति सम्पन्न साधारण सभाबाट चतुरबहादुर चन्द अध्यक्ष, महासचिवमा अशोकनाथ प्याकुरेल चयन। 
२०७२ पुस २४– राखेपले उक्त निर्वाचित क्यानलाई आफ्नो अनुमति नभएको भन्दै रमेशकुमार सिलवालको अध्यक्षमा तदर्थसमिति गठन। 
२०७३ बैशाख १३ गते– सरकारी हस्तक्षेत्र र अनियमितताको आरोपमा आइसीसीद्धारा क्यानमाथि प्रतिबन्ध।
२०७३ कार्तिक– विवाद समाधान र नयाँ विधान बनाउँन विनयराज पाण्डेको अध्यक्षतामा सल्लाहकार समिति गठन। निर्वाचित क्यानको असन्तुष्टि। सल्लाहकार समितिमा असहभागिता।
२०७३ फागुन– निर्वाचित समुहका चतुरबहादुर चन्द र अशोकनाथ प्याकुरेल सल्लाहकार समितिमा सहभागी। 
२०७४ भदौ ६ गते– सल्लाहकार समितिले बनाएको नयाँ विधान, काठमाडौंमा भएको क्यानको विशेष साधारण सभाले संशोधन सहित पारित। सोही विधान अनुरुप ३७ जिल्लामा निर्वाचन। तर, आइसीसीले साधारण सभाले गरेको संशोधन मानेन्। 
२०७५ बैशाख ५ गतेः  क्यानको विशेष साधारण सभाले सल्लाहकार समितिले बनाएको विधान हुबहु पारित। 
२०७५ जेठ २४– पारित विधानअनुसार जिल्लामा चुनाव भए नभएको हेर्न र विधानअनुसार नभएको ठाउँमा पुनः चुनाव गर्न, संघ र केन्द्रको चुनावको जिम्मासहित अनुगमन समिति गठन। उक्त स्वतन्त्र समूहको सक्रियतामा जिल्ला र प्रादेशिक चुनाव सम्पन्न। अब केन्द्रीय चुनाव बाँकी।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad