ad ad

राजनीति


चीनसँगको सीमा क्षेत्रमा पुगेर भारतीय रक्षामन्त्रीले भनेः कसैको गिद्धे नजर सहँदैनौं

चीनसँगको सीमा क्षेत्रमा पुगेर भारतीय रक्षामन्त्रीले भनेः कसैको गिद्धे नजर सहँदैनौं

नेपालखबर
असार १४, २०७८ सोमबार ९:१९,

लद्दाख यात्राको दोस्रो दिन सिंहले चीनसँगको सीमा विवाद छलफल र वार्तामार्फत् समाधान गरिनुपर्ने बताए।

उनले सो क्रममा मनसाय सफा भएर वार्ता गरिए समस्या समाधान हुने धारणा राखे।

लद्दाख चीनसँगको सीमा क्षेत्र हो। लद्दाख नजिकैको विवादित सीमा क्षेत्रमा गतवर्षको जुन १५ मा भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० भारतीय र ४ चिनियाँ सेनाको ज्यान गएको थियो।

सीमा विवाद अझैसम्म समाधान नभएकै समयमा सिंहले यो भ्रमण गरेका हुन्। सोमबार बोर्डर रोड अर्गनाइजेसनको एक कार्यक्रममा सिंहले चीन लक्षित टिप्पणी गर्दै भारतमा कसैको गिद्धे नजर सह्य नहुने उल्लेख गरे।

उनले भनेका छन्,‘हामी विश्व शान्तिको पुजारी हौं। हामी हतियार शान्ति स्थापनाकै लागि बोक्छौं। भारतले अहिलेसम्म कुनै देशमाथि आक्रमण गरेको छैन र कसैको एक इन्च जमिन कब्जा गरेको छैन।’

‘हामी न त कसैमाथि नजर लगाउँछौं, न त कसैले हामीलाई नजर लगाएको स्वीकार गर्छौं’ उनले भने।

यद्यपी उनले सीमामा उत्पन्न हुने जस्तो सुकै परिस्थिती सामना गर्न भारतीय सेना सक्षम भएको उनको भनाइ छ।

सो क्रममा उनले सीमा सडक संगठनले निर्माण गरेको ६३ परियोजनाको उद्घाटन गरे। उनले यो परियोजनाले देश विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .