राजनीति


रूपा सुनारको विद्रोहमा सबैले साथ दिऔं: डा. बाबुराम भट्टराई

रूपा सुनारको विद्रोहमा सबैले साथ दिऔं: डा. बाबुराम भट्टराई

नेपालखबर
असार ९, २०७८ बुधबार ९:१७,

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सञ्चारकर्मी रूपा सुनारले जातीय विभेदविरुद्ध गरेको विद्रोहमा साथ दिन सत्य र न्यायका पक्षधर सबैलाई आह्वान गरेका छन्।

समाजमा सबैभन्दा पिँधमा पारिएको दलित समुदायको पनि पिँधमा रहेका महिलाको प्रतिनिधिका रूपमा उनले जातीय भेदभाव र छुवाछूतविरुद्ध आवाज उठाउने साहस गरेको भन्दै उनलाई न्यायप्रेमी सबैले साथ दिनुपर्ने डा. भट्टराईको भनाइ छ।

‘रूपा सुनारलाई व्यक्तिगत रूपमा म चिन्दिनँ,’ जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका डा. भट्टराईले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर नेपाली समाजको सबभन्दा पिँधमा पारिएको दलित समुदायको पनि पिँधमा रहेका महिलाको प्रतिनिधिको रूपमा उनले जातपातजन्य विभेदका विरूद्ध गरेको विद्रोहलाई सबै सत्य र न्यायका पक्षधरहरूले साथ दिनैपर्छ। यसमा कसैले कुनै किन्तुपरन्तु नगरौं!’

यही असार १ गते काठमाडौंको बबरमहलमा भाडामा कोठा हेर्न गएकी रूपा सुनारलाई पहिले कोठा दिने सहमति गरिसकेकी घरधनी सरस्वती प्रधानले पछि उनको जात थाहा पाएपछि बहिष्कार गरेकी थिइन्।

आफूलाई जातीय विभेद गरेको भन्दै सुनारले यही असार ३ गते घरबेटी प्रधानविरुद्ध महानगरीय प्रहरी वृत्त (सिंहदरबार) मा उजुरी दिएकी थिइन्। त्यसपछि ६ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो।

तर जिल्ला सरकारी वकिलको कार्यालय (काठमाडौं) ले यथेष्ट प्रमाण नभएको भन्दै मुद्दा फिर्ता गरेपछि आजै (बुधबार) घरबेटी प्रधान रिहा भएकी छन्। उनलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि प्रहरी वृत्त पुगेका थिए।

यो पनिरूपा सुनार सञ्चारकर्मी बन्न सकिन्, ‘मान्छे’ बन्न सकिनन्!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad