राजनीति


नेपाल ‘ट्रान्जिट’ बनाएर दिल्ली पुग्दै थियो ५ करोड मूल्य बराबरको कोकिन

नेपाल ‘ट्रान्जिट’ बनाएर दिल्ली पुग्दै थियो ५ करोड मूल्य बराबरको कोकिन

नेपालखबर
भदौ ५, २०७६ बिहिबार १०:२९,

प्रहरीले पाँच करोड बराबरको लागुऔषध कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले कतार एयरवेजबाट नेपाल आउँँदै गरेका आइभाेरीकोस्टका नगरिक ३५ वर्षीय मार्सेल गुलीलाई सो परिणामको कोकिनसहित त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो।

ब्युरोका डीआईजी दिनेश अमात्यले बुधबार साँझ ५ बजे करिब ५ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित गुलीलाई पक्राउ गरेको बताए।

डीआईजी अमात्यले गुलीले सुटकेस ब्यागमा मूल्य ४ करोड ८० लाख मूल्य बराबरको १ किलो ६ सय ग्राम कोकिन लु्काएर ल्याएको बताए।

नेपालको बाटो हुँदै सो कोकिन भारत लैजान लागेको अनुसन्धानमा खुल्न आएको डीआईजी अमात्यले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad