कला


फिगर राम्रो बनाउन फोटोसप गर्दा बिग्रिएपछि कार्दसियन विवादमा

फिगर राम्रो बनाउन फोटोसप गर्दा बिग्रिएपछि कार्दसियन विवादमा

नेपालखबर
भदौ ५, २०७६ बिहिबार १०:२८,

उनी आफ्नो कामले समय समयमा चर्चामा आइरहन्छिन् साथै विवादमा पनि परिरहन्छिन्।

कार्दसियनले पछिल्लोपटक मेट गाला फेसन इभेन्टमा लगाएको पोशाकले चर्चा कमाएकी थिइन्।

जापानमा आफ्नो नयाँ ब्राण्डको सेप वेयर सार्वजनिक गर्दा भने उनी आलोचनामा परेकी थिइन्।

उनले सेप वेयरको नाम किमोनो राखेकी थिइन्। किमोनो जापानको साँस्कृतिक पोशाक हो। तर कार्दसियनले किमोनो अन्डर वेयर र सेप वेयरको रुपमा सार्वजनिक गरेपछि उनको आलोचना भएको थियोl

यतिबेला कार्दसियन फेरि विवादमा परेकी छिन्। कार्दसियनले आफ्नी बहिनी काइल जेनरसँग हालै एक फोटो सुटको फोटो सार्वजनिक गरेकी थिइन्।

उक्त फोटोमा दुवैलाई निकै आकर्षक देखिएको छ। झट्ट हेर्दा फोटोमा कुनै गल्ती छैन।

तर नियालेर हेर्दा उनको खुट्टाको औंला ६ वटा देखिएको छ। फिगर ‘शारीरिक बनावट’ राम्रो देखियोस् भनेर कार्दसियनले फोटोसपको सहारा प्राय लिएको आरोप लाग्ने गरेको छ।

यस फोटोबाट त्यो पुष्टि भएको यतिबेला मानिसहरुले बताइरहेका छन्। यसै फोटोका कारण यतिबेला उनको चर्का आलोचना भइरहेको छ। एजेन्सी

Image result for kardashian met gala

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad