राजनीति


मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्चले झिकायो सरकार पक्षलाई

मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्चले झिकायो सरकार पक्षलाई

नेपालखबर
जेठ २५, २०७८ मंगलबार ९:५,

मन्त्रीपरिषद् विस्तारविरुद्ध परेका रिटमा छलफल गर्न सर्वोच्च अदालतले सरकारलाई झिकाएको छ।

गत शुक्रबार भएको मन्त्रीपरिषद्विरुद्ध परेका ६ वटा रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले असार ८ गते दुवै पक्षलाई छलफलका लागि झिकाउने आदेश दिएका हुन्।

कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद् विस्तार बदर गर्न र नवनियुक्त मन्त्रीहरुलाई तत्काल काम गर्नबाट रोक लगाउन अन्तरिम आदेश माग गर्दै रिट परेको थियो।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, राजकुमार सुवाल, सालिकराम सापकोटा, सीतादेवी अधिकारी, कंचनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद शाह लगायतले रिट दायर गरेका थिए।

Adalat adesh 25Jeth

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad