जर्मन सरकारद्वारा नेपाललाई ६२ भेन्टिलेटर सहित स्वास्थ्य सामग्री सहयोग गरेको छ।
नेपाल सरकारले सहयोगको लागि अपिलगरेसँगै जर्मन सरकारले भेन्टिलेटर, एफएफपीटु मास्क, सर्जिकल मास्क, १०० गम बुट लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो।
नेपाल स्थित जर्मन राजदुतले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तमाङलाई त्रिभुवन विमानस्थलमा स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन्।
स्वास्थ्यमन्त्री तामाङले जर्मन सरकारलाई सहयोगको लागि धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया