राजनीति


चौतर्फी आलोचनापछि राजेन्द्र महतोले सच्याए आफ्नो विवादास्पद अभिव्यक्ति

चौतर्फी आलोचनापछि राजेन्द्र महतोले सच्याए आफ्नो विवादास्पद अभिव्यक्ति

नेपालखबर
जेठ २२, २०७८ शनिबार २३:४९,

उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राज्य हुनु पर्ने भनेर दिएको विवादस्पद अभिव्यक्ति सच्याएका छन्।

राष्ट्रिय जनता पार्टी (राजपा) का नेतासमेत रहेका महतोले शनिबार राति प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका हुन्। उनले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार गरिएको दाबी समेत गरेका छन्।

महतोले आफू नेपालको राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पारेका छन्।

‘हिजोको मेरो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्ने गरी प्रचारप्रसार भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ महतोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ।’

उनले यो संविधानप्रति रहेका आफ्ना असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधनको निम्ति गठित कार्यदलमा राखिने पनि उल्लेख गरेका छन्। महतोले शुक्रबार सपदग्रहण गरे लगत्तै अब नेपाललाई बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गर्ने बताएका थिए।

उनको यो अभिव्यक्तिको विभिन्न राजनीतिक दलका नेता, विद्यार्थी संगठन, नागरिक समाज लगायतबाट अहिले चर्को चर्को विरोध भइरहेको छ।

हेर्नुस् महतोको प्रेस विज्ञप्ति

195793395 1209866322787163 1112012903518052016 n CZehuJ89kQ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad